कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नश्ल सुधार गर्न ३८ र भ्याक्सिन उत्पादन गर्न ४० करोड बजेट

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले गाईभैंसी नश्ल सुधारका लागि ३८ र भ्याक्सिन उत्पादन गर्न ४० करोड बजेट विनियोजन गरेका छन् । 

नश्ल सुधार गर्न ३८ र भ्याक्सिन उत्पादन गर्न ४० करोड बजेट

संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले मंगलबार दूध उत्पादन र पशुको विकास गर्न नश्ल सुधार कार्यक्रम ल्याएको बताए । त्यस्तै, पशुपंक्षीको रोग नियन्त्रण गर्न ५ करोड डोज खोप उत्पादन गरिने बताए । सरकारले चालु आर्थिक वर्षमा ६ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्ने घोषण गरेको थियो ।

त्यस्तै, पशु नश्ल सुधारमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न आगामी वर्ष उन्नत जातको राँगा, साँढे तथा वोयर बोकाको ६ लाख डोज सिमेन उत्पादन गरी सबै स्थानीय तहमा कृत्रिम गर्भाधान सेवा विस्तार गरिने घोषण भएको थियो । तर, कार्यान्वयन भएन ।


प्रकाशित : जेष्ठ १५, २०८१ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×