कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन

काठमाडौँ — आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयमा २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् ।

खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन

अर्थमन्त्री पुनले काठमाडौं उपत्यकाको चक्रपथबाहिरको स्थानमा खानेपानी वितरण प्रणाली विस्तार कार्य अगाडी बढाइने बताए । मन्त्री पुनले मेलम्ची खानेपानी आयोजनामा ५० करोड रुपैयाँ बजेट छुट्याइएको पनि जानकारी दिए । उनले आगामी आर्थिक वर्ष खानेपानी सुविधा विस्तारबाट थप ४ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताए ।

अर्थमन्त्री पुनले ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोबिघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने जनाए । त्यस्तै धोबिघाट, बालकुमारी र सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख गरिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×