काठमाडौँ — आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट बृद्धि गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार संयुक्त सदनमा आर्थिक वर्ष २०८१/०८२ सालको बजेट प्रस्तुत उक्त मन्त्रायको बजेट १ खर्ब ५० अर्ब ५३ करोड पुर्याइएको बताए ।
चालु आर्थिक वर्षमा यो मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । संघीय सरकारअन्तर्गत सबैभन्दा बढी बजेट पाउनेमा भौतिक मन्त्रालय पर्छ ।
