काठमाडौँ — देशभरका ५५ विमानस्थलमध्ये वन्द १८ वटा विमानस्थललाई सरकारले सहासिक खेल पर्यटनमा प्रयोग गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा नरहेका बाग्लुङको बलेवा, खोटाङको लामीडाडा, मनाङ, ओखलढुंगाको रुम्जाटार, बैतडी लगायतका वन्द विमानस्थलमा निजी क्षेत्रसंगको सहकार्यमा सहासिक उडान गराउने जनाएको छ ।
पुनका अनुसार, ती विमानस्थलमा प्याराग्लाइडीङ, स्काइडाइभिङ, प्यारासुट, अल्ट्रालाइट लगायतका मनोरञ्जन तथा सहासिक उडान गराइने भनिएको छ ।
त्यस्तै सुगम भेगका सुर्खेत, धनगढी, विराटनगर विमानस्थलको स्तरोउन्नतीलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । सुर्खेतको रामघाटमा १० अर्बमा अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउन आर्थिक वर्ष २०८०/८१ मा कांग्रेस अर्थमन्त्री प्रकाशशरण महतले घोषणा गरेको कार्यक्रमबारे यो बजेट मौन रहेको छ ।
