कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बन्द विमानस्थललाई सहासिक खेल पर्यटनमा प्रयोग गरिने

काठमाडौँ — देशभरका ५५ विमानस्थलमध्ये वन्द १८ वटा विमानस्थललाई सरकारले सहासिक खेल पर्यटनमा प्रयोग गर्ने भएको छ । 

बन्द विमानस्थललाई सहासिक खेल पर्यटनमा प्रयोग गरिने

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा नरहेका बाग्लुङको बलेवा, खोटाङको लामीडाडा, मनाङ, ओखलढुंगाको रुम्जाटार, बैतडी लगायतका वन्द विमानस्थलमा निजी क्षेत्रसंगको सहकार्यमा सहासिक उडान गराउने जनाएको छ ।

पुनका अनुसार, ती विमानस्थलमा प्याराग्लाइडीङ, स्काइडाइभिङ, प्यारासुट, अल्ट्रालाइट लगायतका मनोरञ्जन तथा सहासिक उडान गराइने भनिएको छ ।

त्यस्तै सुगम भेगका सुर्खेत, धनगढी, विराटनगर विमानस्थलको स्तरोउन्नतीलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । सुर्खेतको रामघाटमा १० अर्बमा अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउन आर्थिक वर्ष २०८०/८१ मा कांग्रेस अर्थमन्त्री प्रकाशशरण महतले घोषणा गरेको कार्यक्रमबारे यो बजेट मौन रहेको छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×