काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुमा लाग्ने महसुल कम्तीमा १ तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिएको बताएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उनले औषधि, इन्डक्सन, इन्डक्सन चुलो, धागो, हेलमेट, सेनेटेरी प्याड, काजु, काजु बदाम, स्प्रिङ पत्ता बनाउने उद्योगमा लाग्ने कच्चा पदार्थमा लागेका महसुल र अन्तशुल्क घटाएको बताए ।
त्यस्तै, स्वदेशी उद्योगीको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तशुल्क बढाएको बताए ।
