जिफन्ट कार्यक्रममा ओलीले भने : घरीघरी मोबाइल हेर्दै गर्नुहोला, के-के न्युज आउँछ ?

'आज केही पक्कै परिवर्तन हुन्छ भन्ने मैले विश्वास लिएको छु । तपाईंहरूले घरीघरी मोबाइलमा यसो हेर्दै गर्नुहोला हुन्छ के-के न्युज आउँछ ?'

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

Oli said in the Jiphant program: Check your mobile every now and then, what news is there?

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले छिटोछिटो राजनीतिक परिवर्तनको अवस्था भए पनि देश भने सकारात्मक दिशामा जाने आफूलाई विश्वास भएको बताएका छन् । सोमबार जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले भताभुंग अवस्थाबाट देशलाई सही बाटोमा डोर्‍याउन खोजेको बताएका हुन् । 

माओवादीसँग नयाँ गठबन्धनको सहमतिलगत्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्न आएका ओलीले आफूहरू नयाँ ढंगबाट अगाडि बढ्न खोजेको बताए । अहिले विकास निर्माण र ओद्योगीकरणलाई प्राथमिकता दिएर अगाडि बढे परिवर्तन सम्भव भएको पनि उनको भनाइ थियो ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे संक्षिप्त टिप्पणी गर्दै अध्यक्ष ओलीले भने, 'हामी नयाँ ढंगले जान खोजेका छौँ । हेरौँ, आजको राजनीति छिटो छिटो परिवर्तन हुन खोजेको छ,  कतिको प्रभावकारी ढंगले अगाडि बढ्छ ।  देश भताभुंग अवस्थामा पुगेको छ । त्यस अवस्थाबाट सकारात्मक अवस्थामा फर्कन्छ भन्ने मैले विश्वास लिएको छु । आज केही पक्कै परिवर्तन हुन्छ भन्ने मैले विश्वास लिएको छु । तपाईंहरूले घरीघरी मोबाइलमा यसो हेर्दै गरे हुन्छ के-के न्युज आउँछ ।' 

कान्तिपुर

Link copied successfully