सिट बाँडफाँट र मन्त्रालय टुंगो लगायत ४ सदस्यीय कार्यदल गठन

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

Formation of 4-member working group including seat distribution and finalization of ministries

काठमाडौँ — मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनेको छ । एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन् । उनीहरुले कसले कुन मन्त्रालय र कति मन्त्रालय लिने भन्नेबारे टुंगो गर्नेछ ।

वर्षमान पुन र उपेन्द्र यादव मन्त्री बन्ने टुंगो लागिसको छ । तर सिट बाँडफाँट र मन्त्रालयको टुंगो लागेपछि मात्र उनीहरु मन्त्रिपरिषद्मा सहभागी हुनेछन् । 'डकुमेन्टहरू लेख्ने  काम भइरहेको छ, आजै शीर्ष नेतालाई बुझाउँछौं । यो सकिएपछि अन्य मन्त्रीहरूको शपथ हुनेछ' माओवादी नेता पुनले भने ।    

कान्तिपुर

Link copied successfully