कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
नक्कली भुटानी शरणार्थी प्रकरण

यी हुन् १४ जना फरार प्रतिवादी

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोजन दर्ता गरिएका ३० प्रतिवादीमध्ये १४ जना अझै फरार रहेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीले गरेको तहकिकातबाट प्राप्त प्रमाणहरुको आधारमा बुधबार अपराह्न काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

यी हुन् १४ जना फरार प्रतिवादी

अभियोजन दर्ता गरिएकामध्ये काठमाडौ महानगरपालिका-३० का केशव तुलाधार, ललितपुर बुङमतीका लक्ष्मी महर्जन, ललितपुर-१९ का हरिभक्त महर्जन, इटहरी उपमहानगरपालिका-४ घर भइ अमेरिका बस्ने अशोक पोखरेल, मोरङ कानेपोखरी ५ का धिरेन राई, दीपाञ्जली हुमागाईं रहेका छन् । हुमागाईं प्रहरीले प्रमुख अभियुक्त भनि किटानी गरेका केशव दुलालकी पत्नि हुन् ।

ललितपुर ठेचोका निरज राई, काठमाडौं जीतपुरफेदीका राजेश अर्याल, मोरङ मिक्लाजुङ-६ का मोहनराज राई, बुढानीलकण्ठ १०का आशीष बुढाथोकी, मोरङ शनिश्चरे-१० की बिनिता सामदेव लिम्बु, रौतहट फतुहा हर्साह-९ का निरन्जरकुमार खरेल, झापा गौरादह-१ का सुनिल बुढाथोकी, चितवनको भरतपुर महानरपालिका-१० का प्रतीक थापा रहेका छन् । फरार रहेका निरज नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् । इन्द्रजित भने प्रहरी हिरासतमा छन् । प्रतीक तत्कालीन गृहमन्त्री थापाका छोरा हुन् ।

प्रकाशित : जेष्ठ १०, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?