कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रायमाझीले बयानमा भने- 'छोरा पक्राउ परेपछि मन बिग्रिएर सम्पर्कविहीन भएँ'

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भुटानी शरणार्थीको दीर्घकालीन समस्याको समाधान होस् भन्ने आफ्नो धारणा रहेको तर यस प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । 

रायमाझीले बयानमा भने- 'छोरा पक्राउ परेपछि मन बिग्रिएर सम्पर्कविहीन भएँ'

बुधबार सरकारी वकिलको रोहबरमा प्रहरी समक्ष बयान दिने क्रममा रायमाझीले यस्तो बताएका हुन् । साथै आफूले गृह मन्त्रालयमा सानु भण्डारी, केशव दुलाल र इन्द्रजित राईबीच लेनदेनको विवादबारे जानकारी पाएको तर त्यसबारे आफू अनविज्ञ रहेको उनको भनाइ छ ।

'डुप्लिकेट काम गरेका त छैनौ भनी सोध्दा निजले हामी पूर्वका मानिस हौं शरणार्थीका लागि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रतिप्रश्न गरेका थिए । इन्द्रजित राईसँग सानु भण्डारीलाई मैले परिचय गराइदिएको भन्ने कुरामा सत्य होइन । भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउने सम्मको कुरा मलाई थाहा छ । उपसमिचिका संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्लाको र सहसचिव समेत भएको हुँदा चिनजान थियो,' रायमाझीले भनेका छन् ।

रायमाझीले आफ्नो छोरा यस प्रकरणमा पक्राउ परेको र आफूलाई पनि हतकडी लगाइने लागेर 'मन बिग्रिएको हुँदा' सम्पर्कविहीन भएको बताएका थिए । 'भुटानी शरणार्थीलाई अमेरिका पठाउने कार्यले नेपालको अन्तर्राष्ट्रिय छविमाथि अपमान हुन्छ भन्ने मलाई लाग्छ । मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकाले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकाले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ । म सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ,' रायमाझीको बयानमा उल्लेख छ ।

रायमाझीका छोरा सन्दीपलाई पनि सोही प्रकरणमा प्रहरीले पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । बुधबार बयानको क्रममा रायमाझी आफैं सम्पर्कमा आएर पक्राउ दिने तयारीमा रहेको तर कदम रोकिएको भनी प्रतिक्रिया दिएका हुन् । रायमाझीसहित ३० जनाविरुद्ध सरकारले बुधबार विभिन्न ४ मुद्दा दर्ता गरेको छ ।

प्रकाशित : जेष्ठ १०, २०८० १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?