२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

भ्रष्टाचारविरुद्धको अभियानबाट भागेर सरकार ढाल्न सम्भव छैन : मन्त्री किराती

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका हुन् । 

भ्रष्टाचारविरुद्धको अभियानबाट भागेर सरकार ढाल्न सम्भव छैन : मन्त्री किराती

सरकारले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेको भन्दै यो अभियान नरोकिने उनले बताए । भ्रष्टाचारविरुद्धको अभियानलाई पूर्णविराम लगाउनेउपर प्रश्न उठ्ने भन्दै सरकारले 'दूधको दूध पानीको पानी' भएर आफ्नो भूमिका देखाउने मन्त्री किरातीको भनाइ छ ।

‘भ्रष्टाचारविरुद्धको अभियान राज्यले सुरु गरेको छ । आजको नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो । मलाई लाग्छ, यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । भ्रष्टाचारविरुद्धको यो अभियान रोकेर रोकिँदैन । जसले पूर्णविराम लगाउँछ, त्योमाथि पनि प्रश्न उठ्छ । जसले लगाउन खोज्छ त्योमाथि पनि प्रश्न उठ्छ । जनताको अगाडी दूधको दूध पानीको पानी हामीले हाम्रो भूमिका देखाउनुपर्छ । सरकार डग्मगाउनु हुँदैन । मलाई लाग्छ सरकार ढल्दैन । यो सरकार जसले भ्रष्टाचारकोविरुद्धमा जेहाद छेडेर जान्छ । त्यसलाई जनताले राम्रो विवेकको तराजुले जोखेर राखेको हुन्छ । त्यसैले जो यो अभियानबाट भागेर सरकार ढाल्ने कुरा गर्छ त्यो सम्भव छैन । मलाई लाग्छ सरकार ढल्दै ढल्दैन,’ उनले भने ।

प्रकाशित : वैशाख २७, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?