कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कांग्रेस नेताहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर दिए बधाई

काठमाडौँ — कांग्रेसका विभिन्न तहमा रहेका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा चालेको कदमको प्रशंसा गरेका छन् ।

कांग्रेस नेताहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर दिए बधाई

बुधबार गृहमन्त्रालय पुगेर गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादवलगायतका नेताहरू पुगेर गृहमन्त्रीलाई बधाई तथा आभार व्यक्त गरेका हुन् । गृहमन्त्रीको सचिवालयका अनुसार कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध सरकारको कदमको प्रशंसा गरेका थिए । सम्पूर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले अनुरोध गरेका थिए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन समृद्धि, समृद्धिका लागि सुशासन र सुशासनका लागि भ्रष्टाचारको निर्मम नियन्त्रण वर्तमान सरकारको मूल प्राथमिकता भएको बताएका थिए ।

राज्यविरुद्धको अपराध भन्न मिल्ने नक्कली शरणार्थी भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा गृहमन्त्री श्रेष्ठले सफलता हासिल गरेको कांग्रेस नेताहरूले बताएका थिए । यो ऐतिहासिक कदमले लोकतन्त्र स्थापनापछिको गतिहीनतालाई क्रमभङ्ग गर्दै, जनतामा आशा सिर्जना गरेको ठम्याइसमेत उनीहरूको थियो ।

बुधबार मात्र नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।

प्रकाशित : वैशाख २७, २०८० १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?