कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

छोरीहरूलाई उद्यममा लगानी खोज्न गाह्रो छ : अध्यक्ष खत्री

'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।'

काठमाडौँ — नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छोरीहरूलाई उद्यम गर्नका लागि लगानी खोज्न नै गाह्रो हुने गरेको बताएकी छिन् ।

छोरीहरूलाई उद्यममा लगानी खोज्न गाह्रो छ : अध्यक्ष खत्री

कान्तिपुर पब्लिकेशनको सहप्रकाशन नारीले आयोजना गरेको 'निर्भीक नारी' को अन्तिम सत्र 'अवरोधहरू छिचोल्दै उडान' सत्रमा बोल्दै महिलालाई उद्यमशीलताका लागि आर्थिक सहयोग जुटाउन गाह्रो हुने बताएकी हुन् ।

उनले छोरीहरूलाई उद्यम सुरु गर्छु भन्दा घरबाट नै सकारात्मक प्रतिक्रिया नआउने बताइन् । उनले भनिन्, 'असमानता जन्मिँदाखेरी नै भेदभावको कुरा आइसकेको हुन्छ । पहिलो अवरोध घरबाटै आउँछ । छोरी १० देखि ५ बजेसम्मको काममा सुरक्षित हुन्छ भन्ने सुझाव दिइरहेका हुन्छन् ।’

उनले उद्यममा लगानी गर्छुभन्दा छोरा र छोरीलाई फरक व्यवहार गरिने बताइन् । उनले भनिन्, 'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।' पितृसत्तात्मक समाजका कारण पनि विभेद भोग्नु परेको उनको भनाइ छ । उनले भनिन्, ‘यो हाम्रो पैतृक संस्कार पनि हो यो। छोरीलाई म उद्यम गर्छु भन्दा थुप्रै अप्ठ्यारा पर्छन् । लगानी कहाँबाट जुटाउने भन्ने नै समस्या हुन्छ ।’

उनले अगाडि भनिन् ‘आर्थिक सहयोग वा ऋणको कुरा गर्दा बैंकले पनि त्यति सहज रुपमा ऋण दिइरहेको पाइदैन । उनीहरु हत्तोसाहित गराइन्छन् । त्यस्तो झमेलाले उनीहरुलाई ऋण लिन पनि मनलाग्दैन । उनले यस्तै समस्याका कारण महिलाहरुलाई अधिकांश साना तथा मध्यम उद्यमहरु मात्र सञ्चालनमा सीमित छन् । ’

उनले संघमार्फत महिलाहरुलाई उद्यममा आकर्षित गर्न आर्थिक पहुँचकालागि सरकार, बैँक मा पटक पटक निरन्तर प्रयास गरिरहेको बताइन् । यति नीति नियम छ तर कार्यन्वयन भएको छैन । विभेद छ । ठूला व्यापारलाई दिने तर साना उद्योगलाई नदिने । कसरी यो समस्यालाई समाधान गर्ने भनेर विकल्प पनि खोज्दैछौँ ।

प्रकाशित : चैत्र १५, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?