१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अहिले संघर्ष भनेकै समाजमा छुट्टै पहिचान बनाउनु हो : डा. श्रेष्ठ

काठमाडौँ — छाला तथा सौन्दर्य विशेषज्ञ  डा. श्रुजना श्रेष्ठ समाजमा आफ्नो छुट्टै पहिचान बनाउनु नै अहिलेको आफ्नो  संघर्ष रहेको बताउँछिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा बुधबार आयोजित ‘निर्भीक नारी’ को अन्तिम सत्र 'अवरोधहरू छिचोल्दै उडान' मा उनले महिलाहरूले अहिले समाजमा आफ्नो पहिचान बनाउन संघर्ष गर्नु परेको बताएकी हुन् । 

अहिले संघर्ष भनेकै समाजमा छुट्टै पहिचान बनाउनु हो : डा. श्रेष्ठ

एब्सुलेट एस्थेटिक्सका कार्यकारी निर्देशकसमेत रहेकी उनी आफूले विदेशमा गएर सिकेको नयाँ प्रकृयालाई अरुसँग पनि बाँड्दै आएको बताउँछिन् ।

'मलाई डर्माटोलोजी क्षेत्रमा सामान्य क्लिनिक खोल्नुभन्दा अर्कै नयाँ प्रक्रियाको क्लिनिक खोल्नु थियो । विश्वमा चलिरहेको एस्थेटिक अनि कस्मेटिकका कुरालाई नेपालमा ल्याएर क्लिनिक खोल्ने सपना थियो,'श्रुजना भन्छिन्,'हाइड्रा फेसियल मेडिकल डिभाइस पहिलो पटक ल्याएँ र छालासम्बन्धी समस्याहरूको समाधानका लागि प्रयोग गर्दै आइरहेको छु । नयाँ कुराहरु नेपालमा ल्याउँदै गएँ ।'

उनी डर्माटोलोजीलाई सौन्दर्य र आत्मविश्वाससँग जोडेर हेर्छिन् । 'हामी जस्तो छौं त्यस्तो कुरालाई स्वीकार्न जरुरी छ । को फेयर छ को डार्क छ भनेर रंगका कुरामा विभेद नगरौं । तर, कस्टेमेटिक डर्माटोलोजिस्टका हिसाबले सकारात्मक रूपले हेर्दा आफ्नो सौन्दर्य बढाउन, कन्फिडेन्स बढाउन, आफ्नो ख्याल राख्न अनि आफ्नो शरीरमा देखिएको समस्याको उपचार गर्न किन पछाडि हट्ने ?'

अन्तिम सत्र 'अवरोधहरू छिचोल्दै उडान' सँगै यस वर्षको 'निर्भीक नारी' पनि समापन भएको छ । कार्यक्रमको पहिलो सत्रका रूपमा 'स्वस्थ महिला, सबैभन्दा पहिला', दोस्रो सत्र 'युवा दृष्टिकोण' र तेस्रो सत्रका रूपमा 'प्रविधिमा अब्बल, जीवनमा सबल' सञ्चालन भएको थियो ।

कार्यक्रममा धादिङकी फुड भ्लगर कान्छीमैया भण्डारी, चियाघरकी सञ्चालक विमला पराजुलीदेखि पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले आफ्ना अनुभव र भोगाइ सुनाएका थिए ।

प्रकाशित : चैत्र १५, २०७९ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?