कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला सशक्तीकरणका लागि प्रविधिमा पहुँच बढाउनुपर्छ : श्रीवास्तव

काठमाडौँ — एनसेल आजियाटा लिमिटेडको मानव संशाधन विभागका प्रमुख तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव महिला सशक्तीकरणका लागि प्रविधिमा पहुँच बढाउन पर्नुपर्ने बताएका छन् ।

महिला सशक्तीकरणका लागि प्रविधिमा पहुँच बढाउनुपर्छ : श्रीवास्तव

कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ कार्यक्रममा मन्तव्य दिँदै श्रीवास्तवले हरेक क्षेत्रमा महिलाको समानुपातिक सहभागिताले मात्र महिला सशक्तीकरणमा सहयोग पुग्ने बताएका हुन् । उनले प्रविधिको प्रयोगले प्रणाली पारदर्शी हुने पनि बताए ।

उनले भने, 'प्रविधिको हस्तक्षेपसँगै प्रणालीमा पारदर्शीता हुन्छ । टेलिकम उद्योगमा महिलाहरूको न्यून सहभागिता छ भन्ने कुरा मिथ मात्र हो । महिला सहभागिता सन्तोषजनक नै छ । तर अझै पनि गर्नुपर्ने धेरै काम छ ।'

प्रमुख श्रीवास्तवले आफ्नो कम्पनीमा ३५ प्रतिशत कर्मचारी कम्पनीमा महिला रहेको पनि बताए । तीमध्ये धेरै इन्ट्री लेभलमा नभई माथिल्लो तहमा भएको उनले बताए । 'विभिन्न उमेर समूहका महिलाहरू काम गरिरहेका छन् । विभिन्न तहमा छन् । प्रविधिको हस्तक्षेपसँगै लैंगिक समानता पनि हुन जरुरी छ । हामी प्रतिस्पर्धामा विश्वास गर्छौं । जोसुकै पनि हाम्रो कम्पनीमा प्रतिस्पर्धा गर्न सक्छन् । इन्जिनियरिङदेखि प्रविधि विभागमा धेरै महिला हुनुहुन्छ,' उनले भने ।

श्रीवास्तवले विभिन्न संस्थाहरूसँग आफूहरूले सहकार्य गरिरहेको पनि बताए । 'हामीले समाजका प्रत्येक क्षेत्रका मानिसहरूलाई जोड्ने प्रयास गरेका छौँ । महिला सशक्तीकरणका लागि प्रविधिमा पहुँच बढाउनैपर्छ,' उनले भने

प्रकाशित : चैत्र १५, २०७९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?