कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

युवालाई स्टार्टअप बिजनेस गर्न सरकारले प्रोत्साहनमूलक नीति बनाओस् - साखा:

काठमाडौँ — बीडीओ, बीआईसी टेक्नोलोजी सहसंस्थापक प्रार्थना साखाःले युवाहरुलाई स्टार्टअप बिजनेसका लागि राज्यले करमा सहुलियत दिँदै प्रोत्साहनमूलक नीति ल्याउनुपर्ने बताएकी छन् । कान्तिपुर मिडिया  ग्रुपद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रमको दोस्रो सत्रमा बोल्दै साखाःले स्टार्टअप बिजनेसका लागि पर्याप्त सरकारी सहयोग नमिलेको टिप्पणी गरिन् ।

युवालाई स्टार्टअप बिजनेस गर्न सरकारले प्रोत्साहनमूलक नीति बनाओस् - साखा:

स्टार्टअप बिजनेसका लागि निश्चित बजेट छुट्याए पनि त्यसको सही कार्यान्वयन नै नभएको उनले स्पष्ट पारिन् । 'बजेटमा स्टार्टअप बिजनेस गर्नेलाई सहुलियत ऋण दिने भनेर रकम छुट्याइयो, तर युवाहरुले आवेदन दिँदा ऋण पाएनन्,' उनले भनिन् 'भारत, भुटान लगायत देशमा सरकारले कर छुट तथा अन्य सुविधाहरु दिएको हुन्छ, तर नेपालमा सुविधा नै छैनन् ।'

सरकार मात्रै नभई उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ जस्ता व्यावसायिक निकायले पनि स्टार्टअप व्यवसायमा लाग्न युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । केही समयअघि आएको मानव संशाधनसम्बन्धी नीतिले स्टार्टअप बिजनेसका लागि झन् चुनौति थपिदिएको उनको भनाइ छ ।

स्टार्टअप बिजनेस फस्टाउँदा मुलुकमै रोजगारी सिर्जना हुने र जागिर गर्नुपर्छ भन्ने मान्यता पनि हट्दै जाने साखाःले बताइन् । 'पहिले पहिले युवाहरुमा डाक्टर, इन्जिनियर बन्नुपर्छ जस्ता मान्यता थिए' उनले भनिन् 'तर यो मान्यता अहिले हट्दै गएको पनि छ ।' व्यवसाय गर्न पढाईले मात्रै नहुने भएकाले परिवार, आफन्त र राज्यबाट सहयोग हुनुपर्ने उनको भनाइ छ । नयाँ उद्यम गर्नका लागि आफूलाई पारिवारिक रुपमा सहयोग भएकै कारण सफलता मिलेको उनले स्पष्ट पारिन् ।

प्रकाशित : चैत्र १५, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?