२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हामीले बनाउने नेटवर्कले नै हाम्रो आर्थिक अवस्था बलियो बनाउँछ : मिस नेपाल जोशी

काठमाडौँ — 'मिस नेपाल वर्ल्ड २०२२' प्रियंका रानी जोशीले युवाको चासो अहिले आइटीदेखि व्यवसाय, विभिन्न उपलब्धितर्फ बढ्न थालेको बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले आयोजना 'निर्भीक नारी'को दोस्रो सत्र 'युवा दृष्टिकोण'मा आफ्ना कुरा राख्दै उनले युवाहरूले स्वतन्त्रता खोजिरहेको बताएकी हुन् । 

हामीले बनाउने नेटवर्कले नै हाम्रो आर्थिक अवस्था बलियो बनाउँछ : मिस नेपाल जोशी

'हाम्रो समयमा युवाहरु सुनिन चाहन्थ्यो । देखिनभन्दा पनि बोलेर आफ्नो प्रतिनिधित्व गर्न चाहन्थ्यो । विश्वमा हाम्रो उपस्थिति बलियो बनाउन सरकारले भूमिका खेल्न सक्छ । तर, यसो भन्दै गर्दा युवाहरु स्वतन्त्रता चाहन्छन् भन्ने देखिन्छ । हो हामी स्वतन्त्रता खोजिरहेका छौं, अन्तर्राष्ट्रिय प्लेटफर्ममा देशको प्रतिनिधित्व गर्न चाहन्छौं,'उनले भनिन् ।

मिस नेपाल बनिसकेपछिको नेटवर्किङ नै अर्थको बाटो रहेको जोशीको भनाइ छ । पहिले सौन्दर्य प्रतियोगिताको विरोध गर्नेहरूले अहिले यसका सकारात्मक कुराको प्रशंसा गर्न थालेको उनको भनाइ छ ।

'सौन्दर्य प्रतियोगिता अहिले कन्ज्युमर्स पोर्टल बनिसक्यो । सुरुवातमा मिस नेपाल हुँदा आन्दोलन गर्नेहरू आज मैले बत्ती पुर्‍याइरहँदा सहयोग गरिदिनुहुन्छ । हाम्रो पहुँच मास मिडियादेखि दर्शकमा उत्तिकै बलियो छ । यस्तो अवस्थामा हामीले बोलेको कुरा धेरैकहाँ पुग्छ । हामीले जनचेतना फैलाउन सक्छौं । आर्थिक रुपले हेर्ने हो भने हाम्रो ब्रान्डिङ क्षमता बढ्दै जान्छ,'उनले भनिन्,'धेरैले चिन्ने भएकाले पनि अवसरहरु पाउने भयो । मिस वर्ल्ड भइसकेपछि जसरी हामीले हाम्रो देशको कुरा विश्वमा पुर्‍याउँछौं, पर्यटन भित्रिने भयो । मिस नेपाल बनिसकेको एक वर्षभित्रमा हामीले बनाउने नेटवर्किङले नै हाम्रो आर्थिक अवस्थालाई बलियो बनाउँछ ।'

प्रकाशित : चैत्र १५, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?