३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७
निर्भीक नारी

‘हाम्रो लडाइँ पुरुषविरुद्ध होइन पितृसत्ताविरुद्ध हो’

काठमाडौँ — सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरुको लडाइँ पुरुषविरुद्ध नभइ पितृसत्ताविरुद्ध भएको बताएकी छिन् । बुधबार नारी मासिकले आयोजना गरेको 'निर्भिक नारी' कार्यक्रममा बोल्दै उनले न्यायिक प्रक्रियामा आत्सम्मानको गोपनीयताको संरक्षण गरेको भएपनि प्रभावकारी र उत्तरदायी न्यायमा पहुँचको सुनिश्चितता कसरी गर्ने चुनौती रहेको बताइन् ।

‘हाम्रो लडाइँ पुरुषविरुद्ध होइन पितृसत्ताविरुद्ध हो’

उनका अनुसार यसका लगि समन्वय गर्न र 'चेन अफ जस्टिस' आवश्यक छ । पीडितको आत्मविश्वास बढाउन यो आवश्यक रहेको पनि उनले बताइन् । न्यायाधीश मल्लले विभेद यत्रतत्र रहेकाले त्यसलाई चिर्दै महिलाहरू अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताइन् ।

'कसरी रोक्ने विभेद? यसका बारेमा विभेद के हो भनेर बुझ्नुपर्छ । एउटा अधिकारमा क्षति पुर्याउनु अनि फरक व्यवहार पनि हो विभेद । बहिष्करण पनि विभेद हो,' उनको भनाइ छ । मानसिक स्वास्थ्य र प्रजनन अधिकारलाई पनि सुनिश्चतता गर्नुपर्ने उनको भनाइ छ ।

९० प्रतिशत साइबर क्राइम महिलामाथि हुने गरेको तथ्यांकले देखाएको बताउँदै प्रविधिमाथि महिलाको पहुँच बढाउन आवश्यक भएको तर सर्तकता अपनाउन जरुरी रहेको उनले बताइन् ।

यसपालिको जनगणानाले घरधन्दामा ६.६ प्रतिशत पुरुष संलग्न देखाएले पनि सेयरिङ र रेसपोन्सिबिलिटी देखिएको र त्यो बढ्नुपर्ने न्यायाधीश मल्लको भनाइ छ।

प्रकाशित : चैत्र १५, २०७९ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?