आठ दलीय गठबन्धनलाई पुग्नेछ स्पष्ट बहुमत

गठबन्धनको मतभार ३१ हजार ९ सय १७

फाल्गुन १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपतिको निर्वाचनमा आठ दलले नयाँ गठबन्धन बनाएका छन् । गठबन्धन चुनावको दिनसम्म नभत्केमा यसबाट उठेका उम्मेदवारको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिएको छ । शुक्रबार बनेको गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा छन् ।

यी दलका सांसदहरुको मतभार जोड्दा स्पष्ट बहुमत  पुग्नेछ । राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु मतदाता हुन्छन् । 

मतदाता रहेका कुल सांसदहरुको मतभार ५२ हजार ६ सय २८ छ ।  त्यसको पचास प्रतिशत मत कटाउने निर्वाचित हुन्छन् । त्यसैले निर्वाचित हुनका लागि न्यूनतम २६ हजार ३ सय १५ मत आवश्यक पर्छ । शुक्रबार बनेको गठबन्धनको पक्षमा रहेका सांसदहरुको मतभार ३१ हजार ९१७  हुन्छ । त्यसैले यो गठबन्धन चुनावको दिनसम्म नभत्केमा यसैबाट बनेका उम्मेदवार राष्ट्रपति बन्ने निश्चित हुन्छ । 

कान्तिपुर

Link copied successfully