२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
राष्ट्रपति निर्वाचन

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

चैत्र ३, २०७९

नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झाल...

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना

१० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ ।  सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलसँग अंकमाल

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका रामचन्द्र पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।

राष्ट्रपति निर्वाचन : मतदान सकियो, केहीबेरमा मतगणना

राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीका अनुसार संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मत खसेको छ । 

राष्ट्रपति निर्वाचन : मतगणनाबारे यस्ता छन् आयोगका ७ निर्णय

राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले ७ निर्णय गरेको छ । मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गरेको आयोगले ७ निर्णय गरेको हो । 

राष्ट्रपति निर्वाचन : ४ बजेदेखि मतगणना सुरु गर्ने तयारी

राष्ट्रपति निर्वाचनको मतगणना बिहीबार अपराह्न ४ बजेदेखि सुरु गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । मतगणनाको तयारीका लागि कार्यालयले राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधिसँग छलफल गर्ने भएको छ । 

राष्ट्रपति निर्वाचनमा नेमकिपा सहभागी नहुने

नेपाल मजदुर किसान पार्टी(नेमकिपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको प्रतिनिधिसभा सदस्यसमेत रहेका पार्टीका सचिव प्रेम सुवालले जनाएका छन् । 

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइते

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् । एकीकृत समाजवादी पार्टीबाट सप्तरी-४(१) बाट निर्वाचित सांसद न्यौपाने भोट हालेर फर्किने क्रममा लडेका हुन् । 

गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा सचेत छु : पौडेल

कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताएका हुन् । 

राष्ट्रपतिका प्रतिस्पर्धी पौडेल र नेम्वाङले एकअर्कालाई दिए शुभकामना

मुलुकको तेस्रो राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धामा रहेका रामचन्द्र पौडेलले र सुवास नेम्वाङले एकअर्कालाई शुभकामना दिएका छन् । बिहीबार बिहान संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गरेका हुन् ।

राष्ट्रपति चयनका लागि मतदान सुरु

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।  बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।

राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको फोटो

राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यस पटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । 

राष्ट्रपति निर्वाचन : आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो  ।

कसले निम्त्याउँदै छ अस्थिरता ?

सातदलीय गठबन्धन दुई महिनामै भत्काएपछि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालमाथि एमाले र राप्रपाले मुलुकलाई अस्थिरतातिर धकेलेको आरोप लगाउन थालेका छन् । माओवादीका नेताहरूले भने पुस १० मा भत्किएको गठबन्धन ब्युँतिएकाले स्थिरता सुरु भएको दाबी गरिरहेका छन् । 

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन गठबन्धन : उपाध्यक्ष महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संविधान र गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न अहिलेको गठबन्धन पुनर्जीवित भएको बताएका छन् ।

कांग्रेसले धोका दिँदैन, यो गठबन्धन ५ वर्ष टिक्छ : महामन्त्री थापा

कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने बताएका छन् ।  राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताएका हुन् । 

राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र बिहीबार सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए । 

राष्ट्रपति निर्वाचनअघि आठदलीय गठबन्धनले शुक्रबार सातै प्रदेशमा भेला गर्ने

राष्ट्रपतिको निर्वाचनकालागि आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति निर्वाचनमा गठबन्धन गरेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् ।

राष्ट्रपतिमा पौडेललाई मत दिन ओलीलाई देउवाको आग्रह

कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिन आग्रह गरेका छन् ।