२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रतिपरिवार २ सय युनिट बिजुली नि:शुल्क दिने एकीकृत समाजवादीको प्रतिबद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले प्रत्येक परिवारलाई मासिक २ सय युनिट बिजुली नि:शुल्क दिने प्रतिबद्धता व्यक्त गरेको छ । सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा तीनै तहको सरकारसँग सहकार्य गरेर २ सय युनिट बिजुली नि:शुल्क दिने जनाएको हो ।

प्रतिपरिवार २ सय युनिट बिजुली नि:शुल्क दिने एकीकृत समाजवादीको प्रतिबद्धता

'तीनै तहका सरकारबाट हरेक घर परिवारलाई मासिक रुपमा २ सय युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान तथा बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने छ,' घोषणापत्रमा भनिएको छ ।

त्यसैगरी विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामहरूमा डेडिकेटेड विद्युत् लाइन जडान गरिने उल्लेख छ । जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने गरी 'घरघरमा बिजुली जनजनमा शेयर' कार्यक्रम ल्याउने जनाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एकीकृत समाजवादीले पहिलो संसदीय चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

प्रकाशित : कार्तिक १४, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?