२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

शुक्रबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारीमा सरकार

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकार शुक्रबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारीमा छ । त्यसका लागि गठबन्धन भित्र सहमति जुटाउन प्रयास भइरहेको एक मन्त्रीले बताए । ‘यो अन्तिम प्रयास हो, सकारात्मक छलफल भइरहेको छ । हामी सकेसम्म राष्ट्रिय सहमतिको प्रयास गरिरहेका छौँ,’ ती मन्त्रीले भने ।

उनका अनुसार गठबन्धनमा एकमत नभएपनि शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ । त्यसका लागि प्रधानमन्त्री देउवाले कांग्रेसका नेताहरूमार्फत् प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरिरहेका छन् ।

सरकारले बुधबारको बैठकमै टेबल गर्न प्रस्ताव गरेपनि गठबन्धनभित्रको विवादले प्रधानमन्त्री देउवा अन्तिम समयमा एमसीसी टेबल गर्नबाट पछि हटेका थिए । गठबन्धनमा कांग्रेसबाहेक सबै दल एमसीसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

प्रकाशित : फाल्गुन ५, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?