राष्ट्रिय सहमति नभई एमसीसी अघि बढे दुर्घटना हुन्छ: माओवादी केन्द्र

फाल्गुन ४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले राष्ट्रिय सहमति नजुट्दा सम्म अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन नहुने निर्णय गरेको छ ।

माओवादी स‌ंसदीय दलको बुधबार बसेको बैठकले एमालेले स‌ंसद् अवरोध गरिरहेको अवस्था र एमसीसीमा स‌ंशाेधन समेत नभएकाेले  यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने निर्णय गरेको हो । माओवादीले यसअघिदेखि नै संसद्मा एमसीसीको विपक्षमा उभिने  निर्णय गरेको हो । 

बैठकपछि माओवादी नेता रेखा शर्माले यथास्थितिमा एमसीसी अघि बढे दुर्घटना हुने बताइन् । उनले जबरजस्ती गरे पार्टी आन्दोलनमा जाने र त्यस्तो अवस्थामा सरकार लगायतका  विषय माओवादीलाई सहायक हुने बताइन् । 

एमसीसी

कान्तिपुर

Link copied successfully