यसरी चयन हुँदैछन् २९९ केन्द्रीय सदस्य, २० प्रतिशत युवा र ३५ प्रतिशत महिला अनिवार्य- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
माओवादी महाधिवेशन

यसरी चयन हुँदैछन् २९९ केन्द्रीय सदस्य, २० प्रतिशत युवा र ३५ प्रतिशत महिला अनिवार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि क्लस्टर विभाजन गरिएको छ । २९९ केन्द्रीय सदस्यका लागि १४५ जना खुलाबाट र बाँकी समानुपातिक, समावेशी तथा मनोनयनबाट ल्याउने गरी निर्वाचन समितिले क्लस्टर विभाजन गरेको छ ।


जसका लागि केन्द्रीय सदस्यमा कुल संख्याको ३५ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य गरिएको छ । युवाको रुपमा भने ४० वर्षमुनिको उमेर समूहका लागि भनी व्याख्या गरिएको छ ।

निर्वाचन समितिले शनिबार विभिन्न ९ समूहको क्लस्टर बनाएर उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । जसअन्तर्गत खुलातर्फ १४५ जना, खसआर्यतर्फ ४५ जना, दलितबाट २२ जना, मुस्लिमबाट ७ जना, मधेसीतर्फ २३ जना, आदिवासी जनजातिबाट ४३ जना, थारुतर्फ १०, अपांगतर्फ २ जना र पिछडिएको वर्गबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

माओवादीको विधान अनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछन् । त्यसमध्ये ३५ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य गरिएको यो पहिलोपटक हो ।

शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली यसअघि नै सार्वजनिक गरेको छ ।




प्रकाशित : पुस १७, २०७८ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई मन परेका सात उत्कृष्ट तस्बिरहरु । बुधबार चन्द्रागिरिमा परेको हिँउ खेल्दै आन्तरिक पर्यटकहरु । तस्बिर : प्रकाशचन्द्र तिमल्सेना

कपिलवस्तुको सेमरहवा गाउँबाट सन् २०२१ को अन्तिम साँझ शुक्रबार आवतजावत गर्दै स्थानीय । तस्बिर: मनोज पौडेल

पशुपतिनाथको छानामा निर्माणको काम गर्दै कामदारहरु । तस्बिर : केशब थापा

बंगलादेशको राजधानी ढाकामा सम्पन्न सेन्टर एसियन सिनियर मेन्स एण्ड वोमन्स भलिबल च्यालेन्ज कप २०२१ को विजेता महिला टोलीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिँदै । तस्बिर :हेमन्त श्रेष्ठ

कीर्तिपुरको बाघ भैरबबाट देखिएको स्वयम्भू चैत्य साथै लाङटाङ हिम श्रृंखलाहरु । तस्बिर : संजोग मानन्धर

काठमाडौंको प्रज्ञाभवनमा नेकपा(माओवादी केन्द्र) को पुस ११ बाट सुरु ८ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्प कमल दाहाल । तस्बिर: अंगद ढकाल

पोखरा स्थित तुलसिघाटको पेल्हुसंघमा आयोजित तमु ल्होसार पर्व कार्यक्रम रमाउँदै गुरुङ समुदायकी एक महिला । तस्बिर : बिजु महर्जन

प्रकाशित : पुस १७, २०७८ १८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×