कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
कांग्रेस महाधिवेशन

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित 

काठमाडौँ — कांग्रेस नेतृ चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । एक पदका लागि दुई उम्मेदवार थिए । जसमा सभापति शेरबहादुर देउवा समूहकी यादवले २ हजार ७ सय ३१ मत पाइन् भने शेखर कोइराला समूहकी गीता चौधरीले १ हजार ८८५ मत पाइन् । 

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित 

प्रदेश २ बाट खुलातर्फ आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत सोमबार भएको निर्वाचनको मतगणना भइरहेको छ ।

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा निर्वाचन समितिले मतगणना गरिरहेको छ । शुक्रबारसम्म १३ पदाधिकारीको गणना सकिएपछि अब सदस्यको मतगणना सुरु भएको हो । अब ढिलोमा एक साताभित्र सबै पदको मतपरिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

कांग्रेसले यसपटक १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन गरेको थियो ।

प्रकाशित : पुस २, २०७८ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?