कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
कांग्रेस महाधिवेशन

उपसभापतिको मतगणना : १३०० मत गन्दा खड्का र गुरुङको अग्रता 

काठमाडौँ — नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना पार्टी केन्द्रीय कार्यालयमा साँझ ६:१५ बजेदेखि सुरु भएको हो ।

उपसभापतिको मतगणना : १३०० मत गन्दा खड्का र गुरुङको अग्रता 

राति केहीबेर अघिसम्म एक हजार ३०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले ५७८, धनराज गुरुङले ५६२, विजयकुमार गच्छदारले ५१३, चन्द्र भण्डारीले ५०४, सुजाता कोइरालाले १८०, महेश आचार्यले १२३ र दिव्येश्वरी शाहले ३५ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । मतगणना तीन स्थानमा गरिएको छ ।

सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिनुभएको थियो । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा आज मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।

...............

कांग्रेस उपसभापति पदको मतगणना भइरहेको छ । १२ सय मत गणना हुँदा धनराज गुरुङ सबैभन्दा अघि छन् । उनले ५४३ मत पाएका छन् ।

पूर्णबहादुर खड्काले ५०१, विजयकुमार गच्छदारले ४५४, चन्द्र भण्डारीले ४७२, सुजाता कोइरालाले १३८, महेश आचार्यले १२३ र दिव्यश्वरी शाहले ३५ मत पाएका छन् ।

जम्मा ४ हजार ६ सय ७९ मत खसेको छ ।

गुरुङ र भण्डारी शेखर कोइराला प्यानलमा उम्मेदवार हुन् भने खड्का र गच्छदार शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् । त्यस्तै, कोइराला प्रकाशमान सिंह र शाह विमलेन्द्र निधि प्यानलका उम्मेदवार हुन् । अर्का प्रत्यासी आचार्य भने स्वतन्त्र उम्मेदवार हुन् ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचन गरेको छ ।

प्रकाशित : मंसिर २९, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?