कांग्रेस उपसभापतिमा खड्का र गुरुङको सुरुवाती अग्रता

मंसिर २९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले सुरुवाति अग्रता लिएका छन् ।

सानेपास्थित कांग्रेस मुख्यालयमा मतगणना भइरहेको छ । अहिले ३०० मत गणना हुँदा गुरुङले १३१, खड्काले १२८, विजयकुमार गच्छदारले १२२ र चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।

त्यस्तै, सुजाता कोइराला ३६, महेश आचार्य २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन् ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully