३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कांग्रेसको निर्वाचन समितिको बैठक बस्दै

काठमाडौँ — कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी र केन्द्रीय सदस्यहरूको मत गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको छ । १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।

कांग्रेसको निर्वाचन समितिको बैठक बस्दै

उनका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकले मतगणना कसरी गर्ने ? भन्ने व्यवस्थापकीय पक्षको टुंगो लगाएपछि मात्रै मतगणना सुरु हुने उनले बताए ।

‘आजैबाट मतगणना गरौँ भन्ने तयारी छ, बैठकपछि टुंगो लाग्छ,’ उनले भने, ‘हामी ढिलोमा १० दिनभित्र सबै परिणाम दिने गरी काम गर्दैछौँ ।’ यसअघि समितिका संयोजक गोपालकृष्ण घिमिरेले ५ पुसभित्रै परिणाम आइसक्ने बताएका थिए । १३ औँ महाधिवेशनमा मतगणनाका लागि १७ दिन लागेको थियो ।

कांग्रेसले आफ्नो निर्वाचनमा डिजिटल प्रविधिको प्रयोग नगर्दा निर्वाचनको परिणाम आउन समय लाग्ने भएको हो ।

महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी थिए । नेतृत्व चयनकालागि भने ४ हजार ६ सय ७९ मत खसेको छ । अब उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना गर्न बाँकी रहेको छ । यसपटक पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो ।

प्रकाशित : मंसिर २९, २०७८ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?