देउवालाई बधाई दिँदै अमेरिकाले भन्यो : प्रजातन्त्र, मानव अधिकार  तथा निष्पक्ष निर्वाचनका पक्षमा प्रतिबद्ध छौँ

मंसिर २९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापतिमा पुन: निर्वाचित भएकोमा अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको छ । १४औं महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएकोमा अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत बधाई दिएको हो ।

साथै अमेरिकाले प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका पक्षमा प्रतिबद्ध रहेको जनाएको छ । 

प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully