कांग्रेस महाधिवेशनको सबै परिणाम आउन पुस ५ सम्म लाग्ने

अन्य पदाधिकारी र केन्द्रीय सदस्यको बुधबारबाटै गणना सुरु हुने

मंसिर २९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महाधिवेशनमा भएको चुनावमा सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको बुधबारबाटै गणना सुरु हुने भएको छ ।

अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । महाधिवेशन गत २४ गतेबाट सुरु भएको हो ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully