कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

मंसिर २८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन् ।

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्यासीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरिरहेका हुन् ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५० प्रतिशत मत नकटेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि  पुनः निर्वाचन भएको हो ।

मतदानका लागि साँझ ७:३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully