१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सभापतिका लागि दोस्रो चरणको मतदान सुरु [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा कसैल पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो । केन्द्रीय कार्यसमितिको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मत खसालेको उनका स्वीकय सचिव भानु देउवाले जानकारी दिए । देउवाले मतदान गर्नुअघि वृद्ध र अशक्त मतदाताहरुले मत खसालेका थिए ।

१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् । कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको लागि मतदान हुन लागेको हो । दोस्रो चरणमा देउवा र कोइराला प्रतिस्पर्धी छन् । देउवालाई सिंह,निधि र गुरुङले समर्थन गर्ने भएका छन् । भृकुटिमण्डपस्थित मतदान स्थल परिसरमा अहिले सभापतिका प्रत्यासी शेखर कोइराला मतदाताहरुसँग मत मागिरहेका छन् ।


प्रकाशित : मंसिर २८, २०७८ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्