काठमाडौँ — कांग्रेस सहमहामन्त्री पदबाट सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय सभागृह स्थित निर्वाचन समितिको कार्यालय पुगेर उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्यानलमा नपरेपछि चौधरीले उम्मेदवारी फिर्ता लिएका हुन् । पर्साका चौधरी पूर्वमन्त्री समेत हुन् ।
यस्तै, शेखर कोइरालालाई समर्थन गर्ने भन्दै युवराज न्यौपानेले पनि सभापति पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्यबाट ५५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैबीच निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेबाट १ बजे बढाएको छ ।
