सभापतिमा कोइरालालाई समर्थन गर्दै युवराज न्यौपानेले फिर्ता गरे उम्मेदवारी

मंसिर २६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले फिर्ता लिएका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई उनले समर्थन गर्ने भएका छन् ।

आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरुलाई कोइरालाले आत्मसाथ गर्ने प्रतिबद्धता गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको न्यौपानेले पत्रकार सम्मेलन मार्फत जनाएका हुन् । 

गोरखा निवासी कोइराला तरुण दलका नेता समेत हुन् । 

न्यौपानेको उम्मेदवारी फिर्तासँगै कांग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा,शेखर कोइराला, प्रकाशमान सिंह,विमलेन्द्र निधी र कल्याण गुरुङ छन् । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully