काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा बद्री पाण्डेले उम्मेदवारी दिएका छन् । उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पाण्डे पौडेल पक्षका हुन् । सहमहामन्त्री पदमा देउवा पक्षबाट समावेशी दलिततर्फ मानबहादुर विश्वकर्माले पनि उम्मेदवारी दिएका छन् ।
यस्तै, नेविसंघका पूर्व महामन्त्री कल्यण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
