कांग्रेस महाधिवेशन

कल्याण गुरुङद्वारा सभापतिमा उम्मेदवारी दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङले सभापति  पदमा भृकुटिमण्डस्थित निर्वाचन समितिको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।


०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका गुरुङ पार्टीको १२ औं महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनीत भएका थिए ।

उनलाई तत्कालीन सभापति सुशील कोइरालाले मनोनीत गरेका थिए । त्यसयता कोइराला परिवारसँग निकट रहेर राजनीति गरिरहेका उनी १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको टिमबाट आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

प्रकाशित : मंसिर २५, २०७८ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्

प्रकाशमान सिंहको टिमबाट सुजाता कोइराला उपसभापतिमा उठ्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सुजाता कोइरालाले सिंहको टिमबाट उपसभापति उठ्ने घोषणा गरेकी छिन्।  उनी सिंहको घोषणा सभामा उपस्थित भएकी छिन् ।

सिंहले सिंहदरबारस्थित दरबार पार्टी प्यालेसबाट उम्मेदवार घोषणा गर्दै छन्। कोइराला पूर्वउपप्रधानमन्त्रीसमेत हुन् । उनी पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री हुन्।

प्रकाशित : मंसिर २५, २०७८ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×