कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेलसहितका नेता नआएपछि कांग्रेस केन्द्रीय समिति बैठकमा सहमहामन्त्री थप्ने प्रस्ताव नलगिने

काठमाडौँ — कांग्रेसको संस्थापन पक्ष पदाधिकारी थप गर्ने प्रस्तावबाट पछि हटेको छ ।  चौधौं महाधिवेशनअघि कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरू सहभागी नभएपछि उक्त प्रस्ताव पेस नहुने एक केन्द्रीय सदस्यले जानकारी दिए । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिदेखि केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

पौडेलसहितका नेता नआएपछि कांग्रेस केन्द्रीय समिति बैठकमा सहमहामन्त्री थप्ने प्रस्ताव नलगिने

तेस्रो पुस्ताका नेताहरूलाई मिलाउन सहमहामन्त्रीको संख्या थप्न छलफल सुरु भएको थियो । संस्थापन समूह र संस्थापनबाहेक समूहमा आगामी महाधिवेशनबाट केही सहमहामन्त्री थप्ने गरी विधान संशोधन गर्नुपर्ने आवाज उठिरहेको छ।

कांग्रेसको विधानमा महिला, दलित, आदिवासी–जनजाति, मुस्लिम, थारू, मधेसी, खस–आर्य र पिछडिएको क्षेत्रबाट ८ जना सहमहामन्त्रीको व्यवस्था छ । उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन ।

कांग्रेस विधानमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ जना सहमहामन्त्री र एक जना कोषाध्यक्ष (मनोनीत) गरी १४ जना पदाधिकारी रहने व्यवस्था छ । केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट एक–एक महिलासहित २१ जना चुनिन्छन् । संस्थापन र संस्थापनबाहेक समूहको सहमति नजुटे विधान संशोधन हुन सक्ने अवस्था छैन।


प्रकाशित : मंसिर २३, २०७८ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?