कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

उम्मेदवारका ब्यानरले भरियो भृकुटीमण्डप

तस्बिर : अंगद ढकाल

काठमाडौँ — कांग्रेसको १४औँ महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम धमाधम भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा मञ्च निर्माणको काम अन्तिम चरणमा छ ।

त्यस्तै केन्द्रीय सदस्य तथा विभिन्न पदका आकांक्षीहरूले ब्यानर राखेर प्रचारप्रसार गरिरहेका छन् ।

कांग्रेसले महाधिवेशनको सन्दर्भमा काठमाडौंमा करिब १० हजार झन्डा फहराउने भएको छ । करिब ८० मिटर लम्बाइ र ४० मिटर चौडाइ रहेको मञ्च निर्माण गरिने बताइएको छ । कांग्रेसले १४औं महाधिवेशनको उद्घाटन शुक्रबार गर्ने भएको छ । त्यस्तै शनिबार उम्मेदवारी दर्ता तथा सोमबार निर्वाचन हुने पनि १४औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


प्रकाशित : मंसिर २३, २०७८ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्