कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

वाग्मती प्रदेश सभापतिमा पौडेल समूहबाट केसी बने साझा उम्मेदवार

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वाग्मती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीलाई उम्मेदवार बनाउने भएको छ । केसीको नाउमा नेताहरूबीच सहमति जुटेको एक नेताले जानकारी दिए । अब पौडेल समूहबाट केसी वाग्मती प्रदेशमा सभापतिको साझा उम्मेदवार बनेका छन् ।

वाग्मती प्रदेश सभापतिमा पौडेल समूहबाट केसी बने साझा उम्मेदवार

केसी नुवाकोटका निवर्तमान सभापति हुन् भने नेता अर्जुननरसिंह केसीका भाइ हुन् । नेता प्रकाशमान सिंहले आफूनिकट राजुराज जोशीलाई सभापतिको उम्मेदवार बनाउन चाहेका थिए । तर, आकांक्षीहरूसहित बसेको बैठकले केसीलाई सभापतिको उम्मेदवार बनाउने गरी सहमति जुटाएको एक नेताले बताए ।

उपसभापतिमा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत उम्मेदवार बन्ने भएका छन् । त्यस्तै, महामन्त्रीमा कञ्चन वादे श्रेष्ठ र रामचन्द्र अर्याललाई उम्मेदवार बनाउने सहमति जुटेको छ ।

वाग्मती प्रदेशमा सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी दिने घोषणा गरेका छन् भने नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रकाशित : मंसिर १५, २०७८ २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?