कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

ओलीले आइतबार सहमतिको सूची सार्वजनिक गर्ने, असन्तुष्टलाई चुनाव लड्न दिइने

काठमाडौँ — नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत शनिबारको बन्दसत्र विरोधका बीच टुंगिएको छ । आइतबार बिहान फेरि बन्दसत्र नियमित सञ्चालन हुने गरी शनिबारको बन्दसत्र अन्त्य भएको हो ।

ओलीले आइतबार सहमतिको सूची सार्वजनिक गर्ने, असन्तुष्टलाई चुनाव लड्न दिइने

शनिबार राति अबेरसम्म बसेको बन्दसत्रबाट केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा अधिकांश प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।

उक्त प्रस्ताव अनुसार केपी ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिइएको छ । जसअनुसार अब आइतबार ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नेछन् । बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका अनुसार नयाँ प्रस्तावलाई नै सर्वसम्मतीबाट अनुमोदन गराइनेछ ।

यद्यपि असन्तुष्ट नेताहरूलाई चुनावमा उठ्ने अधिकार भने दिइने बताइएको छ । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइरहँदा उनलाई चित्त नबुझेमा चुनावमा उठ्न दिइने एक नेताले जानकारी दिए ।

प्रकाशित : मंसिर ११, २०७८ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?