३० जिल्लामा चुनिए कांग्रेस सभापति : देउवा पक्ष १६, पौडेल समूह १४ 

मंसिर ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ३० जिल्लाको अधिवेशन सकिएको छ । ती जिल्लामा सभापतिसहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लागिसकेको छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो चरणमा १६ जिल्लाको अधिवेशन भएको हो । १४ हिमाली जिल्लाको अधिवेशन त्यसअघि नै भइसकेको थियो ।

३० जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । देउवा पक्षले १६ जिल्लामा सभापति जितेको छ । त्यस्तै, १४ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू जिल्ला सभापतिमा चुनिएका छन् । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले पछिल्लो पटक ओखलढुंगा सभापतिमा तेजेन्द्र खनाल, रुकुम पश्चिम सभापतिमा प्रेमप्रकाश वली, डोटी सभापतिमा नरेन्द्रबहादुर सिंह, डोल्पा सभापतिमा दीपेन्द्रबहादुर शाही, जुम्ला सभापति कर्णबहादुर शाही र जाजरकोट सभापतिमा बेदराज सिंह निर्वाचित भएको जानकारी दिए । त्यस्तै, तेह्रथुम सभापतिमा अर्जुनबहादुर तुम्बाहाङ्फे र रोल्पा सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् । 

त्यस्तै, भोजपुरमा विनोद बान्तावा, डडेलधुरामा भीमबहादुर साउद, पाँचथरमा रुपनारायण जवेगु, प्यूठानमा विष्णुकुमार गिरी, अर्घाखाँचीमा केशव श्रेष्ठ, सल्यानमा केसबहादुर बिष्ट, लमजुङमा टकराज गुरुङ र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित भएका छन् । 

कांग्रेसले सोमबारदेखि क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गरिरहेको छ । जसअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये ३२ जिल्लाको अधिवेशन भएको सचिव श्रेष्ठले जानकारी दिए । तीमध्ये खोटाङ, सोलुखुम्बु र पर्वतको नतिजा आउनेक्रममा छ । दार्चुला, धनकुटा र रसुवामा अधिवेशन हुन बाँकी छ । 

दुई वा सोभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा भने शुक्रबार जिल्ला अधिवेशन हुदैछ । समितिले अहिलेसम्म दुई वा सोभन्दा धेरै निर्वाचन क्षेत्र भएका ३१ जिल्लामा क्षेत्रीय अधिवेशन सकिएको जनाएको छ । यीबाहेक बर्दिया, बाँके, सप्तरी, सिन्धुपाल्चोक, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा विभिन्न तहको अधिवेशन हुने क्रममा छन् । 

संस्थापन पक्ष अर्थात् देउवानिकट सभापतिहरू

डोटी – नरेन्द्रबहादुर सिंह

डोल्पा– दीपेन्द्रबहादुर शाही

जुम्ला – कर्णबहादुर शाही

जाजरकोट – बेदराज सिंह

ओखलढुंगा– तेजेन्द्र खनाल

लमजुङ – टकराज गुरुङ 

डडेलधुरा – भीमबहादुर साउद

पाँचथर – रुपनारायण जवेगु 

सल्यान – केसबहादुर बिष्ट 

मनाङ – शंकर गुरुङ 

बझाङ – खडक बोहरा 

हुम्ला – मोहनविक्रम सिंह 

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ 

रामेछाप – कान्छाराम तामाङ 

मुगु – ऐनबहादुर शाही

म्याग्दी – खमबीर गर्बुजा 

पौडेल समूहनिकट सभापतिहरू

रोल्पा –किशोर आचार्य

रुकुम पश्चिम– प्रेमप्रकाश वली

तेह्रथुम–अर्जुनबहादुर तुम्बाहाङ्फे

भोजपुर – विनोद बान्तावा 

प्यूठान – विष्णुकुमार गिरी 

अर्घाखाँची – केशव श्रेष्ठ 

बैतडी – चतुरबहादुर चन्द 

रुकुमपूर्व – केशरमान रोका 

मुस्ताङ – रोमी गौचन थकाली 

संखुवासभा – दीपक खड्का

गोरखा – नन्दप्रसाद न्यौपाने 

दोलखा – बर्मा लामा 

कालीकोट – अम्मबहादुर शाही

बाजुरा – रामसिंह रावल 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully