एमाले महाधिवेशन प्रतिनिधिको संख्या २३ सय २७ पुग्यो

मंसिर ७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढाएको छ । सचिव योगेश भट्टराईका अनुसार १०औं राष्ट्रिय महाधिवेशनमा २ हजार ३ सय २७ जना प्रतिनिधि हुनेछन् ।

यसअघि एमालेले १ हजार ९ सय ९९ जना महाधिवेशनमा प्रतिनिधि हुने जनाएको थियो । सचिव भट्टराईका अनुसार हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना, निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ जना रहेका छन् । त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ ।

कूल सदस्यको ५ प्रतिशत मनोनित १ सय ३ जना गरी महाधिवेशनमा २ हजार ३ सय २७ जनाको प्रतिनिधित्व हुने जनाएका छन् । हालसम्म ६२ महिलासहित १ सय ९५ जना दलीत र ५ सय ७६ जना महिला प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भट्टराईले बताए ।

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully