काठमाडौँ — दसौँ महाधिवेशनमा प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । केहीबेर अघिदेखि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक सुरु भएको हो ।
दसौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये ५ प्रतिशत मनोनयनबाट आउने व्यवस्था छ । मंगलबारको बैठकबाट स्थायी कमिटीले मनोनयन सूची केन्द्रीय कमिटीमा पठाउने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । यसअघि सोमबारका लागि निर्धारित भएको बैठक मंगलबारका लागि सुरु भएको थियो ।
चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।
