१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फेरि अध्यक्ष नबन्ने ओलीको भनाइको सम्मानका लागि उम्मेदवारी घोषणा गरेको हुँ : रावल

काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एमाले अध्यक्षमा नदोहोरिने घोषणाको सम्मान गर्नका लागि आफू अगाडि बढेको बताएका छन् । १० औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा कार्यक्रममा रावलले अध्यक्ष ओलीले यसअघि नै सोही पदमा नदोहोरिने बताएकाले आफू योग्य ठानेर अघि बढेको बताए । 

फेरि अध्यक्ष नबन्ने ओलीको भनाइको सम्मानका लागि उम्मेदवारी घोषणा गरेको हुँ : रावल

आइतबार उम्मेदवारी घोषणा गर्न पत्रकार सम्मेलन गरेका रावलले व्यक्तिगत रूपमा चुनाव लड्ने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा भने, 'ओली स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी दिन उपयुक्त सम्झेको छु ।'

केपी शर्मा ओलीले यसअघि पार्टी अध्यक्षमा नदोहोरिने बताउँदै आएका भए पनि पछिल्लोसमय उनले अध्यक्षभन्दा माथि पद नभएको भन्दै उम्मेदवार बन्ने संकेत गरेका थिए । ओली निर्विरोध अध्यक्ष बन्ने प्रयासमा लागेको समाचार आइरहँदा उपाध्यक्ष रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि महाधिवेशनमा प्रतिस्पर्धा हुने भएको छ ।

आफू अध्यक्ष निर्वाचित भएपछि ओलीका अनुभव पनि पार्टी अगाडि बढाउन समेट्ने रावलले बताए थिए । अध्यक्ष ओली र अन्य नेतालाई आफ्नो उम्मेदवारीलाई सहज रूपमा लिएर सहयोग गर्न पनि रावलले आह्वान गरेका छन् ।

प्रकाशित : मंसिर ५, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?