२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा

काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा

एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने उपाध्यक्ष रावलले आइतबार घोषणा गरेका हुन् । एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

पार्टीलाई विधि, पद्दति र लोकतान्त्रिक तवरबाट सञ्चालन गर्ने रावलले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्दति, उद्देश्य, लक्ष्य देशभक्तिपूर्ण रहेकव पनि बताएका छन् । एमालेको सिर्जना, विकास, विस्तार र प्रगतिमा सबै नेता र कार्यकर्ताले गम्भीर भएर सोच्नुपर्ने बेला आएको पनि उनले आह्वान गरेका छन् ।

रावलले पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्नका लागि पनि आफूले भूमिका खेल्ने बताएका छन् । उनले पार्टीमा हाल आफूले सोचेअनुसार काम नभए पनि निराश र हतोत्साहित नभएको बताएका छन् ।

पार्टी एकताका लागि भूमिका खेलेको र १० बुँदे कार्यान्वयन गरी थप क्षति हुन नदिन लागेकाले पनि अब अध्यक्षको लागि दाबी गरेको उनले बताए ।

प्रकाशित : मंसिर ५, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?