आइतबार पनि धर्ना दिने
काठमाडौँ — नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिचौलियाको बलमा प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको आन्दोलनमा हस्तक्षेप गरेको बताएका छन् । शुक्रबारको धर्नापछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालत छिर्ने कानुन व्यावसायीहरूको गेट बन्द गरेकोमा पनि आपत्ति जनाए ।
उनले आउँदो आइतबार पनि सर्वोच्च प्रांगणमा आफूहरू छिर्ने, नपाए मुख्य गेटमा धर्ना जारी राख्ने बताएका छन् ।
आइतबार बिहान साढे ९ बजे भेला हुने र त्यसपछि सर्वोच्च प्रांगणमा छिर्न नपाए शुक्रबार धर्ना बसेकै स्थानमा कार्यक्रम हुने उनले जनाए ।
उनले आन्दोलनमा हस्तक्षेप भए हस्तक्षेप गर्नेहरू सबैको विरुद्धमा आफूहरू जाने जानकारी दिए । ‘आज सर्वोच्च अदालत प्रशासनले सडकमा जाने बाध्यता बनायो, ’ उनले भने, ‘आइतबार यो अवस्था नआओस् । '
