सर्वोच्च अदालत परिसरबाट सशस्त्र प्रहरी हटाइयो

वरिष्ठ अधिवक्ता कार्कीले गृहमन्त्री खाँणलाई भने, ‘यति धेरै सुरक्षाकर्मी प्रयोग ‘अनसिभिलाइज्ड देखिन्छ, सर्वोच्चमा भल्गर देखियो है बाबु ! ’

कार्तिक २६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालत परिसरबाट सशस्त्र प्रहरी हटाइएको छ । वकिलहरुको विरोधपछि अदालतबाट सशस्त्र प्रहरी हटाइएको हो ।

बिहीबार अदालत परिसरमा वकिलहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि अदालत परिसरमा सशस्त्र बोलाइएको थियो ।  बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरलाई अदालत प्रवेशमा रोक लगाउने भन्दै मूल गेट अगाडी धर्ना दिने भएपछि शुक्रबार बिहानैदेखि सशस्त्रको उपस्थिती बढाइएको थियो । 

नेपाल बार एसोसिएसनको प्रदर्शनमा व्यापक प्रहरी परिचलान गरेपछि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी हटाउन आग्रह गरेका थिए । उनले धर्नास्थलबाट गृहमन्त्री खाँणलाई टोलिफोन गर्दै यस्तो के गरेको हो भन्दै ? प्रश्न गरेका थिए । 


‘न्यायालय प्रहरी प्रशासन प्रयोग गरेर चलाउने होइन,’ वरिष्ठ अधिवक्ता कार्कीले मन्त्री खाँणलाई  भने, ‘यति धेरै सुरक्षाकर्मी  प्रयोग  ‘अनसिभिलाइज्ड देखिन्छ, सर्वोच्चमा भल्गर देखियो है बाबु !, ’  उनले आधा घण्टाभित्र  हटाउन भनेका थिए ।

कान्तिपुर

Link copied successfully