कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रधानन्यायाधीशको संयुक्त इजलासमा न्यायाधीश चुडाल बसेनन्, अन्य ५ इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरियो

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार तोकेका ४ वटा संयुक्त इजलासमध्ये ३ वटा मात्रै बसेको छ । प्रधानन्यायाधीशसहित तोकिएको संयुक्त इजलासमा न्यायाधीश कुमार चुडाल बसनेन् । उनले व्यस्तताको कारण देखाउँदै प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा बस्‍न नमानेको स्रोतले बतायो । चुडाल आफ्नै लागि तोकिएको एकल इजलासमा भने बसे ।

प्रधानन्यायाधीशको संयुक्त इजलासमा न्यायाधीश चुडाल बसेनन्, अन्य ५ इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरियो

न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजालस बसेको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलास पनि बसेको छ ।

सोमबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलास तोकेका थिए । उनले कात्तिक ८ गतेयता आफूलाई २ वटा मात्रै इजलास तोकेका थिए । सोमबारका लागि बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकिएको थियो ।

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका थिएनन् । त्यस्तै, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ । बार एसोसिएसनको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् ।

प्रकाशित : कार्तिक २२, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?