काठमाडौँ — नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनका लागि मूल व्यवस्थापन समिति अन्तर्गत १२ वटा समिति गठन गरेको छ । जसमा प्रतिनिधि व्यवस्थानको संयोजन संगठन विभागले गर्नेछ ।
जनपरिचालनमा सुरेन्द्र पाण्डे, प्रचारप्रसारमा योगेश भट्टराई, सांस्कृतिकमा रघुजी पन्त र देवी ज्ञवाली, आर्थिकमा विष्णु रिमाल, स्वास्थ्यमा भानुभक्त ढकाल, मञ्च व्यवस्थापनमा शेरबहादुर तामाङले नेतृत्व गर्ने छन् ।
त्यसैगरी, अतिथि सत्कारमा राजन भट्टराई, आवास व्यवस्थापनमा कृष्णभक्त पोखरेल, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ, यातायात व्यवस्थापनमा काशीनाथ अधिकारी र खाद्य व्यवस्थापनमा कपिल पोखरेल तथा पार्वती रावलले जिम्मेवारी प्राप्त गरेको प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताएका छन् । थापाका अनुसार शुक्रबार बसेको मूल व्यवस्थापन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो ।
एमालेले यसअघि नै रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको थियो । एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । नारायणी किरानामा महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको एमालेले सौराहामा नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रिया आयोजना गर्नेछ ।
