२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सत्तारूढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्‍ने प्रश्‍न उठेको छ : निधि

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई आग्रह गरे ।

सत्तारूढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्‍ने प्रश्‍न उठेको छ : निधि

गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा दुःख व्यक्त गरे ।

उनले सरकारले अझै पूर्णता नपाउनु सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण समेत गराए । उपसभापति निधिले भने, ‘८१ दिन भो गठबन्धनको तर्फबाट सरकार बनेको तर गठबन्धनबीच सहमति नभएको कारण हाम्रै पार्टीका सभापति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । मन्त्रिमण्डलले अझै पूर्णता नपाउनु भनेको यो साह्रै चिन्ता र दुःखको विषय हो । यो नेपाली कांग्रेस र सरकारमा सहभागी दलहरुको लागि मात्रै होइन पुरै नेपालको लागि यो चिन्ता र दुःखको विषय हो कि आजको मितिसम्म पनि सरकारले पूर्णता पाउन नसक्नु । त्यसकारणले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरुसँग म के अनुरोध गर्न चाहन्छु भने अब धेरै ढिला भयो । अब छिटोभन्दा छिटो मन्त्रिमण्डलले पूर्णता पाउने गरी तपाईंरुको निर्णय आउनै पर्ने भयो । अब धेरै पर्खन सकिदैँन ।’

उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेकाले सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे । उनले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताए । कांग्रेस नेता अर्जुननरसिंह केसीले हिंसालाई त्यागेर मात्रै गान्धीले देखाएकाले अहिंसाको बाटोमा अघि बढन सकिने स्पष्ट पारे ।

प्रकाशित : आश्विन १६, २०७८ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?