एमालेको प्रस्तावित विधान : सचिवालय बन्ने, पोलिटब्युरो हट्ने

आश्विन ३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेमा सात सदस्यीय सचिवालय निर्माणको प्रस्ताव गरिएको छ । यसअघि एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपामा पनि यस्तै प्रकारको सचिवालयको अवधारणा थियो ।

आइतबार ललितपुरको च्यासलमा भएको एमाले स्थायी कमिटीको बैठकमा संगठन विभागले अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय निर्माणको प्रस्ताव गरेको हो । 'नेकपामा जस्तै सात सदस्यीय सचिवालयको प्रस्ताव आएको छ,' एक स्थायी कमिटी सदस्यले भने, 'महासचिवको नेतृत्वमा कार्यलय सम्बन्धी सचिवालय रहेको छ । तर विधानबाट पोलिटब्युरो संरचना हटाइएको छ ।' 

त्यसैगरी प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाएर सचिवको संख्या बढाइएको छ । 'उपाध्यक्षको संख्या तीनमा झारिएको छ,' उनले भने, 'सचिवको संख्या सात पुर्‍याइएको छ ।'

नवौं महाधिवेशनमा उपाध्यक्ष र सचिवको संख्या पाँच-पाँच रहेको थियो । उप-महासचिव भने २ जना रहने छन् । केन्द्रीय कमिटी भने २ सय २५ जनाको रहने प्रस्ताव गरिएको छ । एमालेमा केन्द्रीय कमिटीको एक तिहाई संख्याको पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाई संख्याको स्थायी कमिटी बनाउने गरिएको छ । 

त्यसैगरी, राष्ट्रिय प्रतिनिधि परिषद् महाधिवेशनको प्रतिनिधिलाई बनाउने प्रस्ताव गरिएको छ ।

एमाले विधान महाधिवेशन

कान्तिपुर

Link copied successfully